ADVERTISING

Breaking News

जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा

एजेन्सी : नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई सोझो सेटमा हराउँदै साविक विजेता जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि छ–एक,छ–चार र छ–दुई को सेटमा पराजित गरे । अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन् ।

तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन । नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे ।

त्यस्तै महिलातर्फ बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

चर्च रोडस्थित सेन्टर कोर्टमा गएराति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भएकी हुन् ।

बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले छ–तीन र छ–तीन को सेटले पराजित गरिन् ।

अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् । महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

leave a reply