ADVERTISING

Breaking News

खोप अभाव भएपछि ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं : सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएपछि ललितपुरमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउन थालिएको पहिलो मात्राको कोभिड १९ विरुद्धको खोप अभाव भएपछि मंगलबारदेखि अनिश्चितकालका लागि खोप कार्यक्रम स्थगित गरिएको हो ।

खोपको सुनिश्चितता हुनासाथ अर्को सूचना प्रकाशित गरी कार्यक्रम यथाशीघ्र सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

leave a reply