बुटवल : लगातारको वर्षासँगै बुटवल बजार जलमग्न भएको छ ।
बुटवलको अस्पताल लाईन, पुस्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहमा बाढी पस्नुका साथै पानी जमेर आवतजावतमा समेत समस्या भएको छ ।
बजारको सडक निर्माण कार्य ठेकेदारले अलपत्र पार्दा राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक अस्तब्यस्त भएको छ ।
सडक निर्माण समयमा नहुँदा यो क्षेत्रमा पानी पर्दा भल र हिजो र घाम लाग्दा धूलोको समस्या हुने गरेको छ ।