एजेन्सी : वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् ।
एमएलएस क्लबले औपचारिक रुपमा बेललाई अनुबन्ध गरिएको जनाएको हो ।
लस एन्जलसले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बेलले क्लबसँग एक वर्षको सम्झौता गरेको लस एन्जलसले जनाएको छ ।
स्पेनिस क्लब रियल मड्रिड छाडेर बेल अमेरिका गएका हुन् ।