ADVERTISING

Breaking News

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवदेनमा छलफल हुँदैछ ।

सोमबारदेखि काठमाडौंमा जारी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको ३४ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदन पास गरेर बैठक आजै सक्ने तयारी छ । बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी छन् ।

प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन्। राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गरेका छन् ।

leave a reply