ADVERTISING

Breaking News

इलाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

इलाम : इलामको माङसेबुङ गाँउपालिका, दुई दहगाँउ स्थित भित्री सडक खण्डमा जिप दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

पाँचथरको रबिबाट झापाको दमक आउदै गरेको मे एक ज ४८७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिम प्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाँउपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

हिम प्रसाद र प्रकाशको घटनास्थलमानै र पदम कुमारीको उपचारको लागि दमक अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । जिप चालक फरार रहेकोले खोजतलास भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

leave a reply