काठमाडौं : नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्कनका लागि सकरात्मक रहेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ ।
एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसँग राम्रो सम्बन्ध नभएकाले उनी फर्कने नफर्कने अन्योल थियो ।
एन्फा महासचिव किरण राईले अल्मुताईरीले नेपाल फर्कन सकरात्मक रहेको जानकारी दिएका हुन् ।
अल्मुताईरी स्वास्थ्य परीक्षणका क्रममा कुवेतमा रहेको र त्यसपछि नेपाल फर्कने एन्फाको भनाइ छ ।
प्रशिक्षक अल्मुताईरीले पनि नेपाली टिमसँगको फोटो हाल्दै ‘अर्को लक्ष्य, विश्वकप २०२६ र एसियन कप २०२७ लेखेका छन् ।
पछिल्लो समय प्रशिक्षक अल्मुताईरी खेलाडी विवादमा तानिएका थिए ।