काठमाडौं : राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ ।
दिउँसो एक बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत पच्चीसौं संशोधन विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संकट व्यवस्थापन विधेयक २०७८ र औषधि तेस्रो संशोधन विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गने छिन् ।