ADVERTISING

Breaking News

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति नआएपछि संवैधानिक नियुक्ति सम्वन्धि सुनुवाई प्रभावित

सक्कल प्रति झिकाउन पुनः आदेश

काठमाडौ । राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति नआएपछि संवैधानिक निकाय पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार पनि प्रभावित भएको छ । बुधबारको संवैधानिक इजलासमा संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ गर्ने मिति तय गरिएको थियो । संवैधानिक इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको भएपनि अहिलेसम्म उक्त पत्र नआएको भन्दै बुधबारको सुनुवाइ प्रभावित भएको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी ३ जना उपस्थित हुँदा पनि संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरेका थिए । त्यही व्यवस्थाअन्तर्गत परिषद्को बैठक बोलाएर ५२ जना पदाधिकारीको नियुक्ति गरिएको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै संवैधानिक अदालतमा रिट परेको थियो । इजलासले पुनः कागजात झिकाउने आदेश गरेको छ ।

leave a reply