ADVERTISING

Breaking News

विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल पराजित

घरेलु टोली अमेरिका ३९ रनले बिजयी

काठमाडौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान अमेरिकामा भएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको दुई सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै दुई सय छ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन बनाए । दिपेन्द्र सिंह ऐरीले सात, आदील अन्सारीले चार,करण केसीले एक र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए । अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले तीन÷तीन विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ५८, सुशान्त मोदानीले ५४, आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए । लिग टु को अंक तालिकामा १६ खेलमा १५ अंक सहित पाँचौ र अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा छन ।

leave a reply