ADVERTISING

Breaking News

पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध, काठमाडौ आउने जाने सवारी सडकमै अलपत्र

काठमाडौ । अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका चारस्थित घोप्टेभिर नजिकै राति ११ बजे खसेको पहिरोका कारण राजमार्ग ठप्प बनेको छ । त्यस्तै मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चार किलो नजिकै राति तीन बजे खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध राजमार्ग भने एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरको लोडरको प्रयोग पछि मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको हो । चार कलोको पहिरो हटाएपछि सडक डिभिजन कार्यालयको लोडर यतिखेर घोप्टेभिर नजिकै खसेको पहिरो हटाउन थालेको छ । अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ । गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर एक रिमाल्नीमा सडक अवरूद्ध भएको थियो । अवरुद्ध सडक आज विहानवाट एकतर्फी रुपमा खुलाइएको हो ।

leave a reply