ADVERTISING

Breaking News

तारा एयर दुर्घटना: मौसमले साथ दिए यात्रुहरुको मृतशरीर काठमाडौं ल्याउने तयारी

काठमाडौ । पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्क विहिन भएको तारा एयरको ट्वीनअटर ‘एन एइटी’ विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिकास्थित कोवाङ गाँउको सानुसरे भिरमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको नेपाली सेनाले जनाएको हो । उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेल पारेको हो । विमान दुर्घटना भएको स्थानबारे जानकारी भने यार्सागुम्बा टिप्न जानेहरुले दिएका थिए । विमानमा सवार कोहीपनि जिवित फेला नपरेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले एभिन्यूज खबरलाई दिएका छन । विमानमा सवारको शव स्थानीय र सुरक्षाकमीको टोलीले संकलन गरिरहेको छ । दुर्घटनास्थलमा करिव एक सय सुरक्षाकर्मी र तीनवटा हेलिकप्टर परिचालन भएको सेनाले जनाएको छ । मौसमले साथ दिए यात्रुहरुको मृतशरीर काठमाडौं ल्याउने तयारी भएको सेनाले जनाएको छ । आइतबार विहान विहान ९ बजेर ५५ बजे जहाज जोमसोम विमानस्थल अवतरणका लागि उडेपनि पुग्न नपाउदै सम्पर्क विहिन भएको थियो । विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका थिए ।

leave a reply