ADVERTISING

Breaking News

३० प्रतिशतका दरले रोजगारी बढाउने, किसानलाई पेन्सनको व्यवस्था

काठमाडौं: सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएका हुन्।त्यस्तैगरी, सरकारले ३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने कुरा पनि बजेटमै उल्लेख गरेको छ।
सरकारले यस वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष जोड दिएर बजेट पेश गरेको छ। मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरिसकेको छ।
त्यस्तै सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत अर्थमन्त्री शर्माले बताए।

leave a reply