ADVERTISING

Breaking News

आपूर्तिमन्त्री बडू र एमाले सांसदहरुबीच प्रतिनिधि सभामा जुहारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका सांसदहरु बिच प्रतिनिधि सभाको बैठकमा आरोप प्रत्यारोप भएको छ । बड्ले एमाले अध्यक्ष केपी ओलीको बारेमा बैठकमा दिएको अभिब्यक्तिलाई लिएर चर्काचर्की भएको हो । आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले संसद बैठकको सुरुवातमै सार्वजनिक महत्वका विषयमा बोल्न समय मागेका थिए । सभामुख अग्‍निप्रसाद सापकोटाले बडूलाई समय दिए । बडूले आफ्नो मन्तव्यका क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीको कडा आलोचना गरे ।
त्यस लगत्तै एमालेका सांसद खगराज अधिकारले उठेर बिरोध गरे । अधिकारले बडूको भाषालाई लिएर विरोध गरेपछि एमालेका अरु सांसदहरुले पनि उठेर बिरोध जनाए ।अधिकारीले एकछिन बोलेर रोकिएपछि फेरि मन्त्री बडू बोल्न थाले । तर, एमालेको विरोध चर्को हुन थालेपछि सापकोटाले फेरि मन्त्रीलाई रोके ।फेरि मन्त्री बडूले बोल्ने समय पाएपछि उनले आफ्नो भनाइ अगाडी बढाए ।
त्यसपछि त एमालेका सांसदहरु झनै चर्किए । आफू सत्तामा हुदा कमिसनै कमिसनमा डुबेको’ बडूले आरोप लगाएपछि भने एमालेका सांसदहरु झन् आक्रामक बने ।बैठकमा मन्त्री बडु र एमाले सांसदहरुको चर्काचर्की भएपछी सभामुख सापकोटाले कैही समयका लागि बैठक नै स्थगित गर्नु परेको थियो । जनप्रतिनिधिहरुले स्वस्थ ढंगले जनताका मुद्धामा बहस गर्ने थलो संसदमा यस्तो खालको जुहारी पक्कै पनि असोभनिय छ ।

leave a reply