ADVERTISING

Breaking News

चर्को आलोचना भएपछि एक हप्ता भित्र सबै ठाउँमा पुस्तक पु¥याइसक्ने जनक शिक्षाको दाबी

काठमाडौ । विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको स्पष्टिकरण दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनक शिक्षाका पदाधिकारीहरुले कोभिडलाई पनि कागज आपूर्तिको सहायक कारकको रुपमा चित्रण गरे । उनीहरुले जेठ ९ गतेबाट पाठ्यपुस्तक ढुवानीका काम सुरु गरिएको र एक हप्ताभित्र दुर्गम हिमाली तथा पहाडी जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउने दाबी पनि गरे ।

यता, सांसदहरुले भने समयमै सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक समेत पु¥याउने व्यवस्था गर्न नसकेको भन्दै केन्द्रको चर्को आलोचना गरेका छन् । उनीहरुले पाठ्यपुस्तक पु¥याउने काममा समेत गैरजिम्मेवार भएको भन्दै सरकारका आलोचना गरे ।

जनक शिक्षा सामग्र केन्द्रले अव ३५ लाख पाठ्यपुस्तक छपाईको काम बाँकि रहेको र त्यसलाई छिटो सम्पन्न गराउन प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाई गर्न दिने सम्झौता भएको जनाएको छ ।

leave a reply