काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छन्।मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि भएको दोस्रो स्थानीय चुनावमा पाँच वर्षअघि चुनाव हुन नसकेका ठाउँमा पनि चुनाव भएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।
‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा भएको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।
लोकतन्त्रमा आवद्यिक निर्वाचन गर्न कठिन हुने परिवेशमा स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उनले सम्बोधनमा उल्लेख गरिन्।