ADVERTISING

Breaking News

चीनले ताइवान मामिलामा जोखिमसँग जिस्किरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले ताइवान मामिलामा जोखिमसँग जिस्किरहेको चेतावनी दिएका छन् । बाइडेनले टोकियोमा जापानी प्रधानमन्त्री फुमिओ किसिडासँगको पत्रकार सम्मेलनमा चीनले अतिक्रमण गरेको खण्डमा ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्ने वाचा समेत गरेका हुन । बाइडनले ताइवानलाई युक्रेनमा रुसको आक्रमणबीच तुलना समेत गरेका छन । भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेको बताउँदै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गरेका हुन । युक्रेनलाई सहयोग नगरे पनि, चीनले आक्रमण गरेको खण्डमा ताइवानलाई अमेरिकाले सैन्य रूपमा रक्षा गर्ने पनि बाइडेनले स्पष्ट पारेका छन । चीनले अहिले पनि ताइवानको नजिक उडान तथा युद्ध अभ्यासजस्ता क्रियाकलाप गरेर खतरासँग खेलिरहेको उनको भनाइ छ । बाइडेनको भनाइप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रपतिको भनाइको चीनका परराष्ट्र मन्त्रीका प्रवक्ता वाङ वेनबिनले आलोचना गरेका छन । उनले ताइवान चीनको अखण्ड अंश भएकाले यसबारे सम्झौताको ठाउँ नभएको उल्लेख गरे । चीनले एक पटक अमेरिकासँग एक चीन नीति पालना गर्न अमेरिकालाई आग्रह गरेको छ ।

leave a reply