ADVERTISING

Breaking News

थप १० जनामा कोरोना संक्रमण पुष्टि ,१६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार २३३ पीसीआर तथा ५३५ एन्टिजेन परीक्षण गर्दा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले मृत्यु भएको छ । हाल देशभर १३३ जना सक्रिय संक्रमित रहेका छन्।

leave a reply