ADVERTISING

Breaking News

एमालेबाट नवनिर्वाचित उपप्रमुख सहित जनप्रतिनिधिद्वारा शपथ बहिष्कार

काठमाडौ । काभ्रेको बनेपा नगरपालिकाकामा एमालेबाट नवनिर्वाचित उपप्रमुखसहित जनप्रतिनिधिले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको लागि राखिएको शपथ कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएका हुन्।

नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूको आधारमा एमाले पहिलो पार्टी भएपनि कार्यक्रम तय गर्दा आफूहरूलाई बेवास्ता गरेकाले आफूहरू उपस्थित नभएको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले बताइन्।

बनेपा नगरपालिकामा उपमेयर तथा १४ मध्ये सात वडाध्यक्ष र ३० वडासदस्य एमालेले जितेको छ। नगरमा प्रमुख, उपप्रमुखसहित ७२ जनप्रतिनिधिमा एमालेबाट ३८ जना निर्वाचित भएका छन्। प्रमुखसहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वाचित भएका छन्।

leave a reply