ADVERTISING

Breaking News

भिमेश्‍वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौं। दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन्। इश्वर नारायणले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका हुन्। मानन्धरले ८७२३ मत ल्याउँदा एमालेका भचौलागाईले ७३०१ मत मात्र प्राप्त गरेका छन्। यस्तै नगरको उपप्रमुखमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्‍मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्‍नेतले जितेकी हुन्। कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६९२१ मत मात्र प्राप्त गरेकि छन्।

leave a reply