ADVERTISING

Breaking News

फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा निर्वाचित

काठमाडौ । बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टी निर्वाचित भएको छ। ४ हजार ४८५ मत सहित अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे।

गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह उनी ३ हजार ५७० मत सहित निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २ हजार ३३३ मत प्राप्त गरिन्।

leave a reply