ADVERTISING

Breaking News

रामधुनी नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं। सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भएका छन्। यस्तै, नगरपालिकाको उपप्रमुखमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकि छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित भएकि छन्।

leave a reply