ADVERTISING

Breaking News

एमालेको दबदवा तोड्दै काभ्रेमा सत्ता गठबन्धनको बर्चश्व

काठमाडौं । स्थानीय तह निर्वाचनमा काभ्रेका १३ मध्ये ६ पालिकाको नतिजा सावर्जनिक भएको छ । जसमा सबैभन्दा धेरै माओवादी केन्द्र तीनवटामा निर्वाचित भएको छ भने नेपाली कांग्रेसले दुई र नेकपा एकीकृत समाजवादी एउटामा निर्वाचित भएको छ।

एमाले एउटा पालिकामा निर्वाचित भएको छ भने एउटामा अग्रता लिएको छ । मतगणना जारी रहेको ७ वटा पालिकामध्ये ५ पालिका प्रमुखमा कांग्रेस अगाडी छ भने एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काभ्रेको सात वटा पालिका प्रमुखमा निर्वाचित भएको थियो भने कांग्रेस चार र माओवादी केन्द्रले दुई पालिकामा निर्वाचित भएको थिए । यसपटक नतिजा बिपरित हुदै एमाले सबैतिर हार व्यहोर्ने अवस्थामा पुगेको छ । गठबन्धनमा आवद्ध सबै दलले लाभ लिएका छन् । कांग्रेस र माओवादीले ०७४ मा नेतृत्व सम्हालेका पालिकामा पुन निर्वाचित भएका छन् भने एमालेले जितेका पालिकाको पनि नेतृत्व पनि खोसेका छन् ।

leave a reply