ADVERTISING

Breaking News

कुटपिटबाट घाइते भएका ६० वर्षीय शाहीको मृत्यु

काठमाडौं। हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ। आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो। मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन्। कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

leave a reply