ADVERTISING

Breaking News

सुदूरपश्चिममा एकीकृत समाजवादीले जित्यो पहिलो नगर प्रमुख

काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा एमालेका ममताप्रसाद चौधरीलाई हराएर नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत निर्वाचित भएका छन् । रावत सुदूरपश्चिममा एकीकृत समाजवादीको पहिलो नगरप्रमुख बनेका छन् ।रावतले १३१२८ मत ल्याउदा निकटतम प्रतिष्पर्धी चौधरीले ८२४१ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्।
२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।

leave a reply