ADVERTISING

Breaking News

टीकापुर नगर प्रमुखमा रेशम चौधरीको पार्टी निर्वाचित

काठमाडौ । कैलालीको टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी निर्वाचित भएको छ ।कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा दर्ता भएको उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराएका हुन्। थारूले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत पाए। निर्वाचित थारू टीकापुर-७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले जितेका छन्।शाहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराएका हुन्। शाहले ७९५५ मत पाए भने विश्वकर्माले ७८०२ मत ल्याइन्।
उन्मुक्ति पार्टीले टीकापुरमा प्रमुखसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ। २०७४ को चुनावमा टीकापुरको प्रमुख नेकपा एमालेले जितेको थियो।

leave a reply