ADVERTISING

Breaking News

अमेरिकामा कोरोना भाइरस संक्रमण बढ्दै, १ करोड ३२ लाख बालबालिका संक्रमित

एजेन्सी । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । त्यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट प्रभावित भएका बताइएको छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको पछिल्लो तथ्यांकअनुसार अमेरिकाका १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएको जनाइएको छ । अमेरिकामा पछिल्लो समयमा बालबालिकामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यसअनुसार त्यहाँ गएको मे १२ सम्मको पछिल्लो सातामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको छ । पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बताएको छ ।

leave a reply