ADVERTISING

Breaking News

देवदहको नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं। रुपन्देहीको देवदह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले विजयी हासिल गरेको छ। प्रमुख पदमा ध्रुव खरेल र उपप्रमुख पदमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन्। प्रमुखमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन्। खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाएका छन्। खत्री २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए। गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन्। उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाएकि छन्।

leave a reply