ADVERTISING

Breaking News

८ जिल्लाभित्रका पालिकाको नतिजा अझै आएन

काठमाडौ । वैशाक ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । कतिपय स्थानको नतिजा सार्वजनिक भैसकेको छ भने धैरै स्थानको मतगणना जारी छ । तर विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन ।

कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।

leave a reply