काठमाडौं। राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल टी २० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सफल भयो । लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए भने राजस्थानका ट्रेन्ट बोल्ट, कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रवी बिश्नोईले २ विकेट लिए । जितसँगै राजस्थान १३ खेलमा १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ।
इन्डियन प्रिमियर लिग आईपीएल टी २० क्रिकेट प्रतियोगितामा राजस्थान दोस्रो स्थानमा
