ADVERTISING

Breaking News

प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतीय प्रधानमन्त्री मोदीले गरे मायादेवी मन्दिरको दर्शन

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन गरेका हुन् । मोदी सोमबार बिहान पौने ११ बजे लुम्बिनी आइपुगेका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध विहार शिलान्यासपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुनेछन् । मोदी आजै भारत फर्कनेछन् ।

leave a reply