काठमार्डौ। धनुषाको धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मत फेलापरेपछि विवाद भएको छ। मतपत्रको विषयलाई लिएर धनौजी स्थित मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको हो। मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेपछि विवाद शुरु भएको हो। अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। विवाद भएपछि अहिले मतगणना रोकिएको छ।
खसेको मतभन्दा बढी मत फेलापरेपछि धनौजी गाउँपालिकामा विवाद , प्रहरीद्धारा हवाइ फायर
प्रहरीद्धारा हवाइ फायर
