ADVERTISING

Breaking News

भरतपुरमा दाहाल र सुवेदी विच झिनो मतान्तरको प्रतिस्पर्धा

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदी विच कडा प्रतिस्पर्धा देखिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले जम्मा २ मतको अग्रता लिएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत सहित दाहाललाई निरन्तर पछ्याईरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् दाहाल र सुवेदी विच झिनो मतान्तरको प्रतिस्पर्दा देखिएको छ ।

leave a reply