काठमार्डौ। नेपाल विद्युत प्राधिकरणले न्यु बुटवल (गोरखपुर ४०० केभी दोस्रो अन्तर्राष्ट्रिय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानीका लागि स्वीकृति पाएको छ। भारत सरकारले प्रसारण लाइन आयोजनाका लागि भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ। भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५० र ५० प्रतिशत सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ। नेपालतर्फको प्रसारण लाइन प्राधिकरण आफैंले गर्नेछ।
बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई भारत सरकारको स्वीकृति

Post navigation
Posted in: