ADVERTISING

Breaking News

चौबीसेमा जितको खबर सुन्नै नपाई बिते अटलबहादुर

काठमाडौ । धनकुटाको चौबीसे गाउँपलिका २ को वडा सदस्यमा पुनः निर्वाचित भएको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो।यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित निर्वाचित भएका थिए । तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो।

शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। मगरका दुई छोरा र पत्नी छन्।

leave a reply