ADVERTISING

Breaking News

भरतपुर महानगरमा रेनुले बढाइन् मतान्तर

काठमाडौ । भरतपुर महानगरपालिकामा प्रमुखमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । ३१६८ मतगणना हुँदा रेनुले ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०६८ मत ल्याएका छन् ।

यस्तै काँग्रेसमा विद्रोह गरी बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपप्रमुखमा पनि सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेखदवार चित्रसेन अधिकारीको अग्रता छ ।

leave a reply