काठमाडौ । जुम्लामा स्थगित भएको मतदान जेठ १ गते हुने भएको छ । निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले शंकर मावि गज्याङकोट केन्द्रमा स्थगित भएको मतदान जेठ १ मा गर्ने निर्णय गरेको हो ।
शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो । गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो । जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ ।