ADVERTISING

Breaking News

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते

Fighting young street hooligans against a white background

काठमाडौ । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । गएराति सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच झड्प हुँदा नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।

उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्ताले उल्टो प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे ।

leave a reply