ADVERTISING

Breaking News

श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

 , स्थिती नियन्त्रणमा लिन देशभर कर्फ्यु जारी

एजेन्सी । श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएपछि हिंसा भडकिएको छ । प्रदर्शनकारीले राजापाक्षेको घर जलाएका छन । राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर सैनिक अड्डामा पु¥याएको छ । श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भएको छ । दुई सय जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको पनि राजीनामा मागेका छन ।

leave a reply