ADVERTISING

Breaking News

निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले आतुर छ: ओली

गठवन्धन र राप्रपालाई ‘पत्तासाफ’ गर्ने दाबी

फाइल तस्बिर

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दलीय गठबन्धन संग एमाले प्रतिस्पर्धा गर्न आतुर रहेको बताएका छन् । गृहजिल्ला झापाको दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमार्फत एमालेले पाँच वटै दल तथा राप्रपालाई ‘पत्तासाफ’ गर्ने दाबी गरेका हुन । एमालेसंग एक्लै भिड्न कसैको आंट नभएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीलाई हात्तिको संज्ञा दिए ।
एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको वताए । एमालेको सरकारले गरेको विकास निर्माण कार्य देखेर अत्तालिएको नेपाली कांग्रेस र माओवादीसहितका दलहरु एमालेलाई ठेगान लगाउन गठबन्धन गरेको भएपनि त्यो गठबन्धन उनीहरुकै लागि भारी हुने अध्यक्ष ओलीले चेतावनी दिए ।।

leave a reply