ADVERTISING

Breaking News

श्रीलंकामा सरकारविरुद्धको प्रदर्शन उग्र बन्दै, पूर्वमन्त्री र सांसदको घरमा आगजनी

एजेन्सी । सोमवार भड्किएको हिंसामा परेर श्रीलंकाको सत्तारुढ दलका एकजना सांसदको मृत्यु भएको छ । श्रीलंकाली प्रहरीलाई उदृत गदै एएफपीले प्रकाशित गरेको खबरमा सांसद पी अमरकिर्थी अथुकोरालाको मृत्यु भएको जनाइएको हो । त्यस्तै, आक्रामक प्रदर्शनकारीले अर्का एक सांसद सनथ निशान्त र पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट लभिनियामा रहेको घरमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिए पनि श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा कुनै कमी आएको छैन । राजापाक्षे परिवारले मुलुकमा दुर्दशा निम्त्याएको भन्दै आक्रोशित आन्दोलनकारीले प्रदर्शन जारी राखेका हुन् । यसक्रममा प्रदर्शनकारीहरु महिन्दा राजापाक्षेको घरअगाडिसमेत पुगेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले धरपकड गर्नका साथै अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । दुई करोड हाराहारी जनसंख्या रहेको श्रीलंकामा आर्थिक संकट बढेसँगै राजनीतिक संकट पनि गहिरिएको छ । देशव्यापी रुपमा विरोध प्रदर्शन भइरहँदा सोमबार नै श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका थिए ।

leave a reply