ADVERTISING

Breaking News

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले ग¥र्यो रुसविरुद्ध मतदान

भारत र चीनसहित ३४ मुलुक तटस्थ

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएको हो । प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका हुन । पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन । रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले भोट हालेका थिए । योसँगै महासभाले रुसी आक्रमणको भत्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघमा १ सय ९३ राष्ट्र सदस्य छन् । यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्रुमा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । भारत र चीन भने त्यतिवेला पनि तटस्थ बसेका थिए ।

leave a reply