ADVERTISING

Breaking News

इङलिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले एभर्टनलाई हरायो

म्यान्चेस्टर युनाइटेड र वाटफोर्डले बराबरी खेलेर अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले कठिन जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई एक शुन्य गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल फिल फोडेनले गरे । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वाटफार्डले बराबरी खेलेका छन् । खेलमा युनाइटेडले दबाब राखेपनि गोल भने गर्न सकेन । राति नै भएइको खेलमा टोटेनह्यामले लिड्स युनाइटेडलार्ई चार शुन्य गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि माट दोहेर्टी, डिजेन कुलुसेभ्सकी, ह्यारी केन र सन ह्युङ मिनले गोल गरे । अर्को खेलमा ब्रेन्टफोर्ड न्युक्यासलसँग दुई–शुन्यले पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोइलिनटन र जोइ विललकले एक एक गोल गरे । सो खेलमा मिडफिल्डर क्रिस्टियन एरिक्सनले न्युकासलविरुद्ध मैदान उत्रदै डेब्यु गरेका छन् । गएरातिका खेलपछि म्यानचेष्टर सिटी २७ खेलवाट ६६ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको २६ खेलवाट ६० अंक छ । चेल्सी २५ खेलवाट ५० अंक सहित तेस्रो स्थानमा छ । म्यानचेष्टर युनाइटेड २७ खेलवाट ४७ अंक सहित चौथो स्थानमा रहेको छ ।

leave a reply