ADVERTISING

Breaking News

वर्षा र हिमपातका कारण सुदूरपश्चिम प्रदेशको राजमार्गहरु अवरुद्ध

कोरोनाविरुद्धको खोप कार्यक्रम पनि प्रभावित

सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातका कारण पहाडी जिल्लाको यातायात समेत अबरुद्ध भएको छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा यातायातका साधन चल्न सकेका छैनन् । डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ । डडेल्धुराको हगुल्टे क्षेत्रमा भारी हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न प्रयास भैरहेको छ । वर्षा र हिमपातले चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको छ ।

अविरल वर्षासँगै परेको हिमपातले हुम्लाको जनजीवन पनि प्रभावित भएको छ ।

बाजुराका उच्च हिमाली क्षेत्रमा पुन हिमपात र बर्षा सुरु भएपछि जनजीवन कष्टकर भएको छ । हिमपात र बर्षा भएसंगै मार्तडी कोल्टी सडकखण्ड पुन अबरुद्ध भएको छ । यातायात बन्द हुदा सदरमुकाम आउने र जानेलाई जानेलाई समस्या भएको छ ।
बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानाको पोरखेलेखमा बाक्लो हिउँ परेपछि सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको यातायात सेवा ठप्प भएको हो । हिमपातसँगै कोल्टी क्षेत्रमा टेलिफोन सेवा समेत अबरुद्ध भएको छ । चिसो बढेपछि उच्च हिमाली क्षेत्रका बालबालिका र बृद्धबृद्धाहरुलाई बढी समस्या भएको छ । हवाइसेवा पनि हिमपातकै कारण ठप्प हुँदा हुम्ला, मुगु, कालिकोटका बासिन्दा समेत मारमा छन ।

सोलु हिमपात

सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा गएरातिदेखि भारी हिमपात भएको छ । सडकमा बाक्लो हिउँ जमेका कारण सल्लेरीमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन । राजधानी काठमाडौं लगायतका स्थानहरुमा जाने सवारी साधन र यात्रु सदरमुकाममै अलपत्र परेका छन । सडक मार्गबाट जिल्ला भित्रने पत्ताले क्षेत्रमा करिब २ फिट जति हिउँ जमेकाले यातायात रोकिएको हो । हिमपातपछि सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्ने मनिसहरु सडकमा निस्केका छन । खुम्बु क्षेत्रमा भने ११ ÷१२ दिन यता दैनिक जसो नै हिमपात भइरहेको छ । गएरातिदेखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भएको छ ।

leave a reply