ADVERTISING

Breaking News

सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको प्रधानमन्त्री देउवाको दाबी

तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले छ महिनामा सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले निर्वाचनको पूर्वतयारी गर्न सबै निकायहरुलाई आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री देउवाले संसदभित्रको विवाद छिट्टै समाधन हुने दाबीसमेत गरेका छन् । उनले संसदभित्रको विवाद सबै राजनीतिक दलहरुसँग परामर्श गरेर समाधान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रधानमन्त्री देउवाले छ महिनाको अवधिमा विकास निर्माणका काममा पनि उल्लेख्य काम गरेको दाबी गरे ।

leave a reply