ADVERTISING

Breaking News

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

कोरोना नियन्त्रण र सरकारका छ महिने उपलब्धि सार्वजनिक गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको छ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले बालुवाटारवाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सम्बोधन कोरोना महामारीको बढ्दो संक्रमण, आगामी चुनाव र अहिलेको राजनीतिक अवस्थाबारे केन्द्रित हुने सचिवालयले जानकारी दिएको छ । सरकारले छ महिनासम्म गरेका कामको समेत प्रधानमन्त्री देउवाले जानकारी दिने बताइएको छ । सरकार गठनको छ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि शुक्रबारसम्म मिति घोषणा गर्न आग्रह गर्दै आएको समयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन ।

leave a reply