ADVERTISING

Breaking News

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ । आले केही दिनदेखि भिडभाड हुने कार्यक्रममा सहभागी भएका थिए ।

leave a reply