ADVERTISING

Breaking News

विचारमा परिवर्तन ल्याउन सके मात्र समाज परिवर्तन हुन्छ: नेपाल 

व्यक्ति निरंकुशताको खतरा कायमै रहेको टिप्पणी

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रममा उनले अहिले पनि व्यक्ति निरंकुशताको खतरा रहेको बताए । वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता विरुद्ध संघर्षको खाँचो रहेको बताए ।
अध्यक्ष नेपालले व्यक्तिको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताए । उनले नेकपा एमालेलाई केपी ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको बताए । आफूहरुसँग विचार रहेको भन्दै उनले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गरे ।

leave a reply