ADVERTISING

Breaking News

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई, उज्वेकिस्तान ३–२ को सेटमा पराजित

नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाकामा आज भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो भने तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो । यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।।

leave a reply