ADVERTISING

Breaking News

आजदेखि सुरु हुने भनिएको फाइजर खोप अभियान स्थगित

सिरिञ्ज र घोलक अभाव हुँदा समस्या

सरकारले आजदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ । फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित भएको हो । घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । आठ दशदिनभित्र खोप अभियान सुरु गर्ने तयारी छ । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको शुन्य दशमलब तीन तीन एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६ सय ५० मात्रा फाइजर खोप आइसकेको छ । पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।

leave a reply